भोजपुर क्याम्पस कर्मचारी संघको सभापतिमा भीमप्रसाद राई निर्विरोध निर्वाचित


 


भोजपुर, साउन ६
त्रिभुवन विश्वविद्यालयको आँगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पस त्रिवि कर्मचारी संघ क्याम्पस इकाई समितिको सभापतिमा प्रजातन्त्रवादी कर्मचारी संघ र राष्ट्रिय कर्मचारी संगठनको संयुक्त प्यानलबाट भीमप्रसाद राई निर्विरोध निर्वाचित भएका छन् ।

बिहिबार भएको मनोनयन पत्र दर्ता प्रक्रियामा संयुक्त प्यानलको तर्फबाट एक जनाको मात्र उमेद्धारी परेपछि निर्वाचन समितिको कार्यालयले निर्विरोध घोषणा गरेको निर्वाचन अधिकृत बेनुबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी कोषाध्यक्ष पदमा प्रगतिशिल कर्मचारी संगठनबाट मन्जु घिमिरे निर्विरोध भएकी छिन् भने सदस्यहरुमा प्रजातन्त्रवादी कर्मचारी संघ र राष्ट्रिय कर्मचारी संगठनको संयुक्त प्यानलबाट मनकुमारी विश्वकर्मा र प्रगतिशिल कर्मचारी संगठनबाट सृष्टि भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सचिव पदमा भने प्रजातन्त्रवादी कर्मचारी संघ र राष्ट्रिय कर्मचारी संगठनको संयुक्त प्यानलबाट ममिना थापा र प्रगतिशिल कर्मचारी संगठनबाट दाकिमा शेर्पाको उमेद्धारी परेको छ ।

भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत १५ जना कर्मचारी मतदाता रहने इकाई समितिको निर्वाचन भने आगामी साउन ११ गते हुँदैछ । अब सचिव पदमा मात्र निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

क्याम्पसमा नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी कर्मचारी संघ, नेकपा एमालेनिकट प्रगतिशिल कर्मचारी संगठन र नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन क्रियाशिल रहेका छन् ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्