कास्कीको माछापुच्छ्रेमा भीषण बाढी पहिरो, १३ घर बगायो


 



कास्की, साउन २५
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलबार राति भीषण बाढी पहिरो गएको छ । पहिरोसंगै आएको बाढीले १३ घरमा पूर्ण क्षति पुगेको छ। बाढीले रिभानका हुम्दी डाँडागाउँ र लाम्पाटाका १३ घर बस्न नमिल्ने गरी क्षति पुर्‍याएको छ ।
समयमै सूचना पाएका कारण मानवीय क्षति भने हुन पाएन् । बाढीले स्थानीय देवीलाल लामिछाने, दण्ड बहादुर बिक, प्रवीण लामिछाने, गंगा बहादुर विक, प्रेम बिक, राजमान बिक, दिननाथ पौडेल, कमला परियार, नर बहादुर बिक र काजी बिकको घरमा पूर्ण क्षति पुर्‍याएको छ।
यस्तै, दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषालको घर जोखिममा रहेको छ।

बाढीले चौपाया तथा अन्नपात बगाएको छ । बाढीले हुम्दीमा रहेका दुईवटा मोटरेवल पुल र बिजुलीका पोलहरुसमेत समेत बगाएको छ।

 

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्