परीक्षाफल प्रकाशित


 


पोखरा, भदौ २

पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा गत जेठ महिनामा सञ्चालित व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका सबै कार्यक्रमका सातौंँ सेमेष्टरको नियमित र आठौं सेमेष्टरको पुनः परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालका अनुसार बिबिए, बिविए–बिआई), बिबिए, बिएचएम, बिएचसिएम, बिसिए, बिसिआइएस कार्यक्रमका परीक्षामा सहभागी विद्यार्थीमध्ये समग्रमा ७५.७२ प्रतिशत उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्