विश्वकपका लागि हङकङ छानियो


 


218357.3काठमाडौं, साउन ५

हङकङ ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनौट भएको छ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौत प्रतियोगिताको प्लेअफमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै हङकङले अर्को वर्ष भारतमा हुने विश्वकपका लागि स्थान पक्का गरेको हो ।

१ सय ६२ रनको लक्ष्य हङकङले अन्तिम बलमा ५ विकेट गुमाउँदै भेटाएको हो । हङकङका जामी अड्किन्सनले ४७ तथा मार्क चापम्यानले ४० रन बनाए ।

आयरल्याण्डको डब्लिनमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । अफगानस्तानका नवरोज मंगलले ५३ रन बनाए भने असगर स्तानिक्जाइले २९ रन बनाए ।

अफगानिस्तानले अब विश्वकप छनौटका लागि अर्को प्लेअफ खेल्न पाउने छ ।

प्रकाशित मिति: ५ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्