सुनकाे मूल्य ४८ हजारमा झर्यो


 


काठमाडौं, साउन ६

goldकेही दिनदेखि अन्तराष्ट्रिय बजारमा नै आरोलो लाग्दै आएको सुनको मूल्यमा बुधबारसम्म आइपुग्दा नेपाली बजारमा भारी गिरावट आएको छ। नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन प्रतितोला ४७ हजार ७ सय ५० र चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। याे मूल्य ४ वर्षयताकै न्यून हाे। चार वर्षअघि २०६८ साल साउन २३ गते सुनकाे मूल्य ४७ हजार ५ सय रुपैयाँमा अाेर्लिएकाे थियाे ।

त्यसयताकाे सबैभन्दा कम २०७० साल असारमा पनि सुन प्रतितोला सुनकाे मूल्य ४८ हजार १ सय रुपैयाँमा झरेको थियो। हालै प्रस्तुत चालू आर्थिक वर्षको बजेटले सुनमा लाग्दै आएको भन्सार शुल्कमा प्रतितोला १ हजार रुपैयाँ घटाइएको र अन्तरराष्ट्रि बजरमा सुनको मूल्य घटेकोले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको विष्लेषकहरुले बताएका छन्।

अन्तराष्ट्रिय बजारका लगानीकर्ताहरुले सुनभन्दा अन्तराष्ट्रिय कम्पनीका शेयरमा लगानी केन्द्रीत गरेपछि सुनमा लगानी गर्नेको संख्या घटेको र त्यसले सुनको मूल्यमा गिरावट ल्याएको बताइएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्