सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुन-कुन जिल्लामा हुँदैछ ?


 


rastriya-khelkudभोजपुर, साउन ६

पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताको मंसिर ११ गते विराटनगरमा उदघाटन हुने र समापन सुनसरीको धरानमा हुने बताइएको छ ।

प्रतियोगिता अन्तर्गत अधिकांश खेलहरु मोरङ र सुनसरीमा हुने  भएको छ । साथै झापा, सिरहा, सप्तरी र उदयपुरमा समेत केहि खेलहरु हुने भएको छ । खेल मैदानकाे तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्को टोलिले बुधबार मोरङका विभिन्न खेल मैदानको अनुमगन समेत गरेको छ ।

प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव केशव विष्टसहितको १३ सदस्यीय टोली पूर्वाधार अध्ययनका लागि पूर्वाञ्चल आएको हो । टोलिले बुधबार मोरङको डाँगीहाट खेल मैदान, निर्माणाधीन बैजनाथपूर खेल मैदान, विराटनगरस्थित शहिद मैदान, डिग्री क्याम्पसको मैदान, रानीस्थित जुटमिलको खेल मैदानलगायतका स्थानका पूर्वाधारहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सदस्य सचिव बिष्टले भदौ अन्तिमसम्ममा जिल्ला तहको छनौट र असोजसम्ममा क्षेत्रीय छनौट भैसक्ने बताए ।

प्रकाशित मिति: ६ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्