मैत्रीपूर्ण भलिबल खेलमा नेपालद्वारा बंगलादेश पराजित




काठमाडौं, भदौ १४
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण भलिबलमा खेलमा नेपाल विजयी भएको छ । दुई मैत्रीपूर्ण भलिबल खेलका लागि नेपाल आएको पाहुना टोली बंगलादेशलाई पहिलो खेलमा नेपालले ३–१ ले पराजित गरेको हो ।

लगनखेलस्थित आर्मीको कभर्ड हलमा भएको खेलमा पहिलो सेटमा पराजित भए पनि नेपालले उत्कृष्ट ‘कमब्याक’ गर्दै खेल आफ्नो पक्षमा पा¥यो । पहिलो सेटमा नेपाल बंगलादेशसंग २५–२७ ले पराजित भएको थियो ।

पुनरागमन गर्ने क्रममा दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१६ ले सहज रूपमा आफ्नो पक्षमा पारेको नेपालले अन्तिम सेटमा भने कडा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै ३–१ को जित हासिल गरेको हो ।

यसअघि चार पटक आमनेसामने भएका यी दुईमा तीनपटक नेपाल र एकपटक बंगलादेश विजयी भएको प्रतियोगिताका संयोजक रोशन श्रेष्ठले जानकारी दिए । यी दुईबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (बुधबार) लगनखेलमा नै हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News