ताजिकिस्तानबिरुद्ध नेपाली फुटबल टोली घोषणा, को–को छन् टिममा ?



काठमाडौँ, भदौ १७

ताजिकिस्तानविरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो ।

एसियन कप–२०१९ को छनौट चरणअन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मंगलबार एन्फा मैदान सातदोवाटोमा प्रतिष्पर्धा गर्नेछ ।

घोषित नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकः किरणकुमार लिम्बु, विशाल श्रेष्ठ र बिकेश कुथु,  डिफेण्डरमा बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ रहेका छन् ।

यसैबीच, मिडफिल्डरमा सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, विक्रम लामा, बिशाल राई, हेमन्त थापामगर र सुजल श्रेष्ठ तथा स्ट्राइकरमा विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News