सुनको भाउ अाठ सय बढ्यो


 


भाेजपुर, साउन १०

केही दिन देखी अाेरालो लागिरहेकाे पहेलाे धातु अर्थात सुनको मूल्य अाज अाइतबार केही बढेको छ । सुनचाँदी ब्यवसायी संघले दिएको जानकारी अनुसार अाज सुनको कारोबार प्रतितोला ४८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यो मूल्य शुक्रबारको भन्दा अाठ सय बढी हाे । शुक्रबार प्रतितोला ४७ हजार दुई सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको भाउ हवात्तै घट्ने अनुमानमा गरिरहेका बेला अाइतबार केही मूल्य बढेको हाे । त्यस्तै चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले बढेको छ । अाज चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्