खुला ब्याडमिन्टनमा रत्नजितको विजयी शुरुवात



काठमाडौं, भदौ २२
सर्वाधाधिक नगद पुरस्कार राशिको दोस्रो जेस्ट राष्ट्रिय खुला ब्याडमिन्टनमा रत्नजित तामाङले विजयी सुरुआत गरेका छन् । आठ इभेन्टमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख २८ हजार रहेको छ ।

मेन्स सिंगलमा बुधबार आर्मीका शीर्ष खेलाडी रत्नजितसँगै एपीएफका साजनकृष्ण ताम्राकार, सुमन लिम्बू, विजित थापा र सुदीप सेढाईं, पुलिसका गौतम कठायत र विष्णु कटुवाल, शेर्पा ट्रेडर्सका सुनील जोशी र प्रिन्स दाहाल, पुलिसका दिपेश धामी र दीपक बोहरा, कम्पिट हेल्थ क्लबका जीवन आचार्य र नीरविक्रम देवकोटा, सेनाका नवीन श्रेष्ठ र प्रफुल्ल महर्जन, कैलालीका सन्जिव खड्काले दोस्रो चरणको यात्रा तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News