थाइल्याण्डमाथि नेपालको शानदार जित



काठमाडौं , भदौ २६

एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो ।

थाइल्याण्ड १० ओभरमा २६ रन बनाएर अलआउट भएको छ । २८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याडले १० ओभरमा २६ रन बनाएर आफ्नो सबै विकेट गुमाएको थियाे ।

नेपालका सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो ।

नेपालका लागि अनिलकुमारले उत्कृष्ट खेले । उनी मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए ।

यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए ।

सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News