स्विमीङ च्याम्पियनशिपमा भाग लिन नेपाली टोली रुस जादै


 


 काठमाडौ, साउन १२

वल्र्ड स्विमीङ च्याम्पियनशिपमा भाग लिन जाने नेपाली टोलीलाई आज बिदाई गरिदैछ । प्रतियोगितामा सहभागि हुन सोफिया शाह, गौरीका सिंह, शिरिष गुरुङ र किरण कार्की त्यसतर्फ जादैछन ।

गौरीका सिंह भने प्रशिक्षणका क्रममा लण्डनमा रहेकाले उतैबाट प्रतियोगितामा आउने टिम म्यानेजर बासुदेव निरौलाले बताए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा मध्यान्ह १२ बजे खेलाडीको विदाई कार्यक्रम रहेको छ  ।

३ खेलाडीसंगै प्रशिक्षक इश्वर कार्की र टिम म्यानेजर निरौलाको टोली बेलुकी ११ बजे रुस प्रस्थान गर्नेछ । च्याम्पियनशिपको १६औ संस्करण रुसको काजानमा जुलाई २४ देखि अगस्ट ९ सम्म हुदैछ ।

प्रकाशित मिति: १२ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्