भोजपुर क्याम्पसको सहायक क्याम्पस प्रमुखमा उत्तमसिंह राई नियुक्त



भोजपुर, भदौ २७

भोजपुर बहुमुखी क्याम्पसको मानविकी संकायमा रिक्त सहायक क्याम्पस प्रमुख पदमा उप प्राध्यापक उत्तमसिंह राई नियुक्त हुनुभएको छ । त्यस्तै रिक्त विद्यार्थी कल्याण प्रमुख पदमा शिक्षण सहायक शरण कुमार राई नियुक्त हुनुभएको छ ।

सोमबार क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच दुवैले आ–आफ्नो पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणपछि सहायक क्याम्पस प्रमुख उत्तमसिंह राईले क्याम्पसको उन्नती प्रगतिको लागि कर्मचारी, प्राध्यापक र विद्यार्थीहरुबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै विद्यार्थी कल्याण प्रमुख शरणकुमार राईले विद्यार्थीको हक हितको लागि आफ्नो भुमिकालाई प्रभावकारी बनाउँदै कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्याम्पस प्रमुख डा. रोहितकुमार श्रेष्ठले नव नियुक्त सहायक क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुखलाई शुभकामना दिनुहुँदै क्याम्पसको हितलाई सर्वोपरी राखेर सहमति, सहकार्य र सामुहिक निर्णयका आधारमा क्याम्पसलाई नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्याम्पस प्रमुख डा. रोहितकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पसको सभाहलमा भएको कार्यक्रममा नव नियुक्त पदाधिकारीहरुलाई क्याम्पसमा कार्यरत प्राध्यापकहरु तथा कर्मचारीहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा शास्त्र संकायतर्फका कार्यक्रम संयोजक अर्जुन तामाङ्ग, त्रिवि प्राध्यापक संघका सचिव इन्द्रराज राउत, त्रिवि कर्मचारी संघका सभापति भीमप्रसाद राई, प्रगतिशिल प्राध्यापकसंगठनका नीलमणी भट्टराई, प्रजातन्त्रवादी प्राध्यापक संघका अनिल अधिकारी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पोष्टराज लामिछाने र सुशील लामिछाने तथा स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रकाशसिँह राई लगायतले शुभकामना राख्नुभएको थियो ।

क्याम्पसमा गत श्रावण २६ गतेदेखि विद्यार्थी कल्याण प्रमुख र भाद्र २ गतेदेखि मानविकी संकायतर्फ सहायक क्याम्पस प्रमुख पद रिक्त रहेको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News