सुनको मूल्य घट्दै, कति छ आज ?


 


काठमाडौं, भदौ २७
नेपाली बजारमा सुनको मूल्य आज पनि थप तीन सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर प्रतितोला सात सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी बजारमा सात सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्