दयाहाङलाई राष्ट्रिय पुरस्कार


 


dayahangभोजपुर, साउन १२

फिल्म ‘कबड्डी’ राष्ट्रिय पुरस्कारमा उत्कृष्ट फिल्म ठहरिएको छ । मंगलबार राष्ट्रपति निवासमा आयोजित पुरस्कार वितरण समारोहमा ‘कबड्डी’ उत्कृष्ट फिल्म घोषित भएको हो । थकाली समुदायको वैवाहिक परम्परामा आधारित फिल्म लेखनमा पनि उत्कृष्ट ठहरिएको थियो । फिल्मबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखनमा पुरस्कार हात पारे ।

तर सोही फिल्मको अभिनयबाट वाहवाही बटुलेका दयाहाङ राईले भने फिल्म ‘सम्बोधन’का लागि उत्कृष्ट अभिनेताको पुरस्कार पाए ।अभिनय तर्फ यस वर्ष राई उत्कृष्ट अभिनेता ठहरिएका हुन् । उनलाई ‘संवोधन’ चलचित्रका लागि यो पुरस्कार प्रदान गरियो ।

राष्ट्रपति रामबरण यादवले वितरण गरेको पुरस्कारमा  ऋचा शर्मा र संगम बिष्टले संयुक्त रुपमा अभिनेत्रीको अवार्ड थापे । शर्माले ‘टलकजंग भर्सेज टुल्के’बाट उत्कृष्ट अभिनेत्री र  र बिष्टले ‘लव यु बाबा’बाट उत्कृष्ट अभिनेत्रीकै अवार्ड हात पारिन्  ।

आठ विधामा बाँडिएको पुरस्कारमा ‘झिग्राना’ले दुई अवार्ड हात पा¥यो ।  फिल्मबाट छायाँकारमा शैलेन्द्र कार्की र सम्पादनमा निमेष श्रेष्ठले अवार्ड हात पारे । उत्कृष्ट निर्देशकको पुरस्कार भने ‘टलकजंग भर्सेज टुल्के’का लागि निश्चल बस्नेतले हात पारे । कार्यक्रममा ‘मतान’ आदिवासी जनजाति विधामा उत्कृष्ट फिल्म ठहरिएको थियो ।

फिल्म क्षेत्रमा लामो योगदान गरे वापत दिईने दीर्घ साधना सम्मान नीर शाहले प्राप्त गरे । उनलाई ३ लाख ५१ हजार १ सय एघार रुपैंयाद्वारा सम्मान गरियो ।

राजेन्द्र सलभ संयोजक रहेको जुरीमा करिष्मा मानन्धर, हेमन्त बुढाथोकी, कपिल पराजुली र दीपेन्द्र लामा सम्मिलित टोलीले ५० भन्दा ज्यादा फिल्म हेरेर उत्कृष्ट एकको नाम निकालेका थिए ।

फिल्मी खबर र इकान्तिपुरको सहयोगमा

प्रकाशित मिति: १२ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्