सुनको भाउ तोलामा तीन सय रुपैयाँ घट्यो


 


काठमाडौं, भदौ २९
नेपाली बजारमा आज सुन तोलामा तीन सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँ पुगेको छ । हिजो भने सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घट्दै प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्