घरेलु मैदानमा चेल्सी गोलरहित, आर्सनलसंग बराबरी


 


काठमाडौं, असोज २ (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले घरेलु मैदानमा आर्सनलसंग बराबरी खेलेको छ । साबिक विजेता चेल्सी घरेलु मैदानमा गोलरहित बनेको छ ।

आर्सनलले पछिल्लो ६ वर्षमा पहिलो पटक चेल्सीसँगको खेलमा एक अंक लिन सकेको हो । आर्सनलले यसअघि चेल्सीको मैदानमा भएका १८ खेलमा मात्रै एक खेल जितेको छ ।

चेल्सीको मैदानमा भएको खेलमा दुवै टिमले गोल गर्ने प्रयास गरेपछि सफल हुन सकेनन् । खेलको ८७ औं मिनेटमा रातो कार्ड खाँदै डेविड लुइज मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो । पाँच खेलबाट १० अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम छ । सात अंकसहित आर्सनल १२ औं स्थानमा छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्