१३ औं सागमा समावेश हुने यस्ता छन् २५ खेल



काठमाडौँ, असोज ९

नेपाल ओलम्पिक कमिटीले आगामी १३ औं साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ ।

आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड,  ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, खो खो, कराते र गल्फ खेल समावेश हुनेछन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विगतका सागका शृङ्खलामा समावेश भएका खेललाई ध्यानमा राखी  २३  खेलमा सहभागी राष्ट्रको सहमति भएको र बाँकी दुई खेल कराते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गर्न लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News