सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, असोज २०
साताको अन्तिम दिन नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । हिजोको भन्दा सुन आज प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्