एमाले अखिलद्वारा प्रदेश सभाको निर्वाचनमा २० जनाको नाम सिफारिस, को–को छन् ?



काठमाडौं, असोज २३
नेकपा एमाले निकट अनेरास्ववियुले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

आज बसेको अनेरास्ववियुको बैठकले अध्यक्ष नविना लामासहित २० जनाको नाम प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ सिफारिस गरेको महासचिव ऐन महरले जानकारी दिए।

उनकाअनुसार अध्यक्ष लामा प्रदेश सभाको प्रत्यक्ष तर्फ काभ्रेको निर्वाचन क्षेत्र नं १ बाट, प्रदेशतर्फ प्रत्यक्ष उपाध्यक्ष महेश बर्तौला मकवानपुर २, उपाध्यक्ष शैलेश लामा उदयपुर २, सचिव ओसिम आलमलाई मोरङ ५ र मकर खड्कालाई भोजपुर १ बाट उठाउने निर्णय गरेको छ ।

यस्तै समानुपातिकतर्फ अनुशासन आयोगका अध्यक्ष निशा अधिकारीलाई चितवन– ३, सम्झाना अधिकारीलाई पर्वत–४, कल्पना थापालाई दैलेख–२, लक्षण हायुलाई सिन्धुली–३ बाट, सचिव आरसी लामिछानेलाई गोरखाबाट प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकमा तथा कोषाध्यक्ष झपिन्द्र खत्रीलाई बर्दियाबाट समानुपातिकमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News