नेपाल किन आए एएफसीका अध्यक्ष खालिफा ?



काठमाडौँ, असोज २४
एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आउनुभएको छ । दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आउनुभएको छ ।

उहाँहरूलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News