ताजकिस्तानसँग नेपाल ३–० गोलले पराजित



काठमाडौँ, असोज २४

नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ ।

ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो ।

ताजाकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो खेलमा पनि नेपाल ताजकिस्तानसँग १–२ ले पराजित भएको थियो ।

हारसँगै नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना क्षीण हुँदै गएको छ । छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै आफ्नो समूहको अंकतालिकामा नेपाल पुछारमा छ । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News