कप्तान पारस खड्काको बयान : हामी यस कारण सफल हुन सकेनौं


 


parasकाठमाडौं, साउन १८

सोमबार काठमाडौंमा ओर्लिएपछि नेपाली टोलीका कप्तान पारस खड्काले सहजै स्वीकार गरे, हामीले राम्रो खेलेनौं ।उनको निष्कर्ष छ, कुनै एक दुई खेलाडी मात्र होइन, सिङ्गो टीम नै असफल भयो ।’ प्रशिक्षक पुबुदु दाशानायकले खराब प्रदर्शनप्रति क्रिकेट समर्थकहरुसँग माफी मागे ।

टी-२० विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यका साथ आयरल्याण्ड गएको नेपाल टी-२० विश्वकपसँगै टी-२० मान्यता गुमाएर फर्किएको थियो । यो पटक तयारी पनि विगतमा भन्दा राम्रो थियो । तर, नेपालले पछिल्लो तीन चार वर्षकै खराब क्रिकेट खेल्यो ।

कारण के भन्ने प्रश्नमा पारसकै शब्दमा पोर्टमाटम गरेर हेर्ने हो भने कारणहरु धेरै निस्कन सक्छन् । तर, कप्तान पारसले भने-हामीले राम्रो खेलेनौं । राम्रो नखेलेपछि अरु कुनै कारण छैन ।’

तर, मुख्य कुरा नेपाली टोलीका कुनै पनि सदस्यले आउट स्ट्याण्डिङ खेल्न सकेन । ‘शायद हामीले आफूमाथि बढी दबाव दियौं कि ?’ पारसले भने-कन्डिसनको कुरा गर्ने हो अनफेवरेबल पनि थिएन । हामी क्लाइमेटाइज भइसकेका थियौं । म सँग एक्ज्याक्ट जवाफ छैन ।’

तर, उनले पटकपटक टोलीका सदस्यहरुले क्षमता अनुसार खेल्न नसेकेका स्वीकारे । ‘हामी स्वीकार गर्छौ कि हामीले राम्रो खेलेनौं । हामी र्फममा थिएनौं’ उनले भने-‘नेपालको ब्याटिङ र बलिङ दुबैमा त्यो फायर पावर थियो, त्यो यो पटक देखिएन ।’

यद्यपि उनी खेलाडीले कोशिश नै गरेका थिएनन् भन्ने तर्कसँग सहमत छैनन् । ‘सबैले कोसिस गरिरहेका थियौं तर, रिजल्ट फेबरमा आएनौं’ उनले भने ।

विश्वकप सजिलो रहेन

विश्वकप छनोटले नेपाली टीमको कमजोरीहरु पनि उदाङ्गो पारेको छ । साथै धेरै पाठ पनि सिकाएको छ । नेपालले २०१४ को विश्वकप खेलेपछि धेरैले विश्वकप सजिलै पुगिन्छ भन्ने लागेको थियो । पारस भन्छन्-‘तर, सबैलाई विश्वकपमा पुग्न सजिलो रहेनछ भन्ने रियलाइज भयो होला । हामीलाई पनि भएको छ ।’

अब एकदिवसीयमा केन्द्रीत हुने 

विश्वकप र टी-२० मान्यता गुमाएपछि नेपालले धेरै अबसर गुमाएको छ । तर, सबै सकिएको भने होइन भन्छन् पारस ।

नेपालले अबको डेढ/दुई वर्ष खेल्ने ठूलो अन्तराष्ट्रिय प्रतियोगिता भनेको विश्व क्रिकेट लिग च्याम्पियनसिप नै हो । यो सन् २०१९ को विश्वकप खेल्ने वाटो समेत बन्न सक्छ ।

त्यसैले कप्तान पारसले अब ५० ओभरमा खेलमा केन्द्रीत हुने संकेत गरे । ‘अबको २ वर्ष विश्व क्रिकेट लिग च्याम्पियनसिप छ । त्यहाँबाट माथिल्लो लेभलको क्रिकेट खेल्ने छौं’ उनले भने-हामी डिभिजन वानमा छौं । ५० ओभरमा केन्द्रीत हुन्छौं ।’

तर, त्यहाँ खेल्ने टीमहरु अहिले विश्वकप छनोटमा भेट भएका वा त्यही लेभलका टीमहरु हुन् । च्याम्पियनसिपको सुरुवाती दुई खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भइसकेको छ ।

त्यसैले नेपालको चुनौती भनेको अहिलेको अवस्थाबाट माथि उठ्नु भएको कप्तान पारस र प्रशिक्षक पुवुुदुले बताएका छन् ।

अनलाइनखबरडटकमबाट

प्रकाशित मिति: १८ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्