भोजपुरको खेलकुद विकास समितिमा को-को चयन भए ?


 


suman
अध्यक्ष सुमन राई

भोजपुर, साउन १९

राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समिति भोजपुरका लागि सुमन राई अध्यक्ष सहित छ जनालाई चयन गरेको छ । यसरी चयन हुनेहरुमा  कोषाध्यक्ष अनिता राई सदस्य विजन राई, सीताराम गुरुङ, सजना परियार र चिन्तामणि पोखरेल रहेका छन् ।

उपाध्यक्ष र तीन सदस्य भने खाली राखिएको  छ  । सत्ता साझेदार कांग्रेसको सिफारिसको अाधारमा यी पदहरुमा चयन गरिने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसबाट उपाध्यक्षका लागि सरोज बस्नेत जाने बुझिएको छ । परिषदले देशभर अध्यक्ष सहित कोषाध्यक्ष र सदस्य मनोनित गरेको हो ।

 

 

प्रकाशित मिति: १९ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्