भोजपुरकी बबिना मेलोडी लिएर आइन्


 


babinaभोजपुर, साउन २१

भोजपुरको विकट गाविस पाङ्चामा जन्मेकी सुमधुर स्वरकी धनी गायिका बबिना राईले आधुनिक गीतको एल्बम ‘मेलोडी’ लिएर बजारमा आएकी छिन् । बबिनाले ७ वटा आधुनिक गीत समेटिएको ‘मेलोडी’ एल्बम युफोनी प्रोडक्सनमार्फत बजारमा ल्याएकी हुन् ।

बबिनाको पहिलो एकल एल्बम ‘मेbabina 1लोडी’ मा मनोज साङसोनको एकल संगीत रहेको छ । बबिनाको स्वरमा सजिएका गीतहरु संगीता बायुङ राई, भानु सुनुवार, राज बान्तावा, चन्द्रप्रभात राई, प्रभात क्षेत्री र दिलु सिञ्जालीले रचना गरेका हुन् ।

बबिनाले आफ्नो एल्बमको नाम जस्तै गीतहरु पनि मेलोडीयुक्त रहेका बताइन् । ‘यो मेरो पहिलो कोशिश हो, यसका लागि मैले सकेसम्म मेहनत गरेकी छु’, बबिनाले भनिन्, ‘दर्शक स्रोताहरुले माया गर्नुहुनेमा विश्वस्त छु ।’

एल्बमको सात नं. ट्रयाक ‘एकान्त………’ मा गीतको म्युजिक भिडियो दक्षिण कोरियामा छायाँकन भइरहेको छ । अर्को ‘सायद यो नै माया हो कि….’ गीतको पनि चाँडै म्युजिक भिडियो छायाँकन गरेर सार्वजनिक गर्ने बबिनाले बताइन् ।

प्रकाशित मिति: २१ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्