युएईएफए च्याम्पियन्स लिगमा बार्सिलोना बराबरीमा रोकियो


 


काठमाडौं, कार्तिक १५

युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको समूह चरणको खेलमा बार्सिलोना ओलम्पियाकोससँग गोलरहित बराबरीमा रोकिएको हो ।

ओलम्पियाकोसको घरेलु मैदानमा भएको खेलमा एकतर्फी खेल खेलेपनि बार्सिलोनाले जित निकाल्न सकेन । यसअघि नाउ क्याम्पमा भएको होम खेलमा बार्सिलोनाले ग्रिक क्लब ओलम्पियाकोसलाई ३ – १ ले पराजित गरेको थियो ।

बल पोजिसनमा ६६ प्रतिशतले कब्जा जमाएको बार्सिलोनाले गोल भने गर्न सकेनन । बार्सिलोनाले घरेलु टोलिविरुद्ध आधा दर्जन बढी पोष्ट आक्रमण गरेको थियो । तर, बार्सिलोनाको आक्रमणमा ओलम्पियाकोसका गोलकिपर बाधक बनेका थए ।

यो बराबरीसंगै समूह डीको शिर्ष स्थानमा रहेको बार्सिलोनाले ४ खेलबाट १० अंक जोडेको छ । बराबरीमा रोकिएपनि बार्सिलोनाको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ । यो समूहमा ७ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा छ । मंगलबार राति नै इटालियन क्लब युभेन्टस पनि स्पोर्टिङ सिपिसँग १ – १ गोलको बराबरीमा रोकिएको छ । यो समूहमा स्पोर्टिङ ४ अंकसहित तेस्रो स्थानमा रहदा ओलम्पियाकोस १ अंकसहित समूहको पुछारमा छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्