दुई टाउको एक शरीर भएका बच्चा जिवितै जन्मिए


 


काठमाडौं , कात्तिक १५
दुई टाउको र एक शरीर भएका बच्चा आश्चर्यजनक रुपमा जीवित जन्मिएका छन । जन्मनासाथ उनीहरुलाई भेन्टिलेटरमा राखिएको थियो ।

तर, डाक्टरहरुले बच्चाका बाबुआमालाई पहिल्यै उनीहरुको बाँच्ने सम्भावना क्षीण रहेको बताएका थिए । पश्चिमी भारतको महाराष्ट्रमा जन्मीएका लाखौंमा एक मानिने दुर्लभ जुम्ल्याहाको तौल ३.७ किलो थियो ।

उनीहरुको हातगोडा र कलेजो एउटै थियो भने मुटु र फोक्सो अलगअलग थिए । तर, २४ घन्टापछि उनीहरुको मृत्यु भएको छ ।


उनीहरु बाँचेका भए पनि सर्जरीबाट अलग गर्ने सम्भावना नरहेको डाक्टरहरुको भनाइ छ । दुईवटा टाउको र एउटा शरीर भएका बच्चा अत्यन्तै दुर्लभ मानिन्छन् । यस्ता बच्चाहरु १० लाखमा १ जना मात्र हुन सक्ने बताइन्छ ।

पश्चिमी भारतको महाराष्ट्रमा रहेको एक सरकारी अस्पतालमा गत २९ अक्टोबरमा बच्चा जन्मेका थिए । उनीहरुकी ३२ वर्षीया आमाले स्थानीयहरुले मजाक बनाउलान् भन्ने डरले आफ्नो परिचय गोप्य राख्न चाहेकी छिन् ।

अस्पतालका गाइनोकोलोजी विभाग प्रमुख डा. सन्जय बान्सोडेले बच्चाहरु स्वस्थ अवस्थामा जन्मिएको तर उनीहरु जीवित रहन सक्ने सम्भावना नरहेको बताएका थिए ।

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्