अार्यनको जन्मदिनमा दयाहाङ र जीवन


 


aaryanकाठमाडौं, साउन २२

कलाकार आर्यन सिग्देलले आफ्नो जन्मदिन टिभी फिल्मी परिवारसँग मनाएका छन्। दुई कलाकार जीवन लुइँटेल र दयाहाङ राईको उपस्थितिमा आर्यनले बुधबार ‘बर्थडे केक’ काटेका हुन्। टिभी फिल्मीले आर्यनलाई सरप्राइज दिँदै जन्मदिनको खुसी साटेको हो।

केक काट्दै आर्यनले भने, ‘नसोचेको उपहार पाएको छु। यसका लागि मनैदेखि आभारी छु। आर्यनले यो सरप्राइजलाई मध्यरातमा आफ्नी पत्नीले दिएको टि्रटसँग तुलना गरेका थिए। ‘मेरी पत्नी सपनाले मध्यरातमा केक काटेर सरप्राइज दिएकी थिइन्। यहाँ पनि त्यस्तै सरप्राइज पाएँ। एकदमै खुशी लागेको छ,’ आर्यनले केक काट्दै भने।

जीवन र दयाहाङले आर्यनलाई जन्मदिनको शुभकामना दिए। आर्यनले आफ्नो वास्तविक उमेर नबताएपछि जीवनले आर्यनभन्दा आफू सानो भएको ठट्टा गरे। उनले भने, ‘आर्यन मभन्दा सानो लाग्थ्यो तर उमेरमा मभन्दा पनि दुई वर्ष ठूलो रैछ। ऊ २७ वर्ष पुग्यो म बल्ल २५।’। जीवनले सधैँ सहकार्य गर्न पाइयोस् भन्दै कामना पनि गरे।

कार्यक्रममा दयाहाङले पनि आर्यनको जन्मदिनको शुभकामना दिएका थिए। आर्यनलाई शुभकामना दिँदै उनले भने, ‘आर्यनको एक वर्ष आयु घटेकोमा म दुःखी छु। तर आयु घट्नु भनेको थप बुद्धिमान हुनु हो। आर्यनलाई त्यसको पनि शुभकामना छ।’

आर्यन, जीवन र दयाहाङ अहिलेका प्रतिस्पर्धी अभिनेता हुन्। पर्दाबाहिर बुधबार मात्र भेटिए पनि पर्दाभित्र भने तीनैजनाको अभिनय रहेको त्यो फिल्म ‘मेरो एउटा साथी छ’ थियो। आर्यनको मुख्य भूमिका रहेको सो फिल्ममा जीवन र दयाहाङ सानो भूमिकामा थिए। सोही फिल्मबाट आर्यनको करियर उकालो लागे पनि जीवन र दयाहाङले धेरैपछि मात्र अभिनयमा चर्चा कमाएका हुन्।

नागरिकन्यूजबाट

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्