छिमेकीको गोरु मार्ने भोजपुरमा ३ जना पक्राउ



भोजपुर, कात्तिक १९
भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका–८, गोगनेमा छिमेकीको गोरु मारेपछि प्रहरीले गौ हत्याको आरोपमा तीन जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय भिम विष्ट, २१ वर्षीय विकास तामाङ र १९ वर्षीय खगेन्द्र विष्ट रहेका छन् ।

उनीहरुले गत असोज २३ गते राति स्थानीय छत्रबहादुर विष्टको गोठमा रहेको एक हल गोरुलाई बञ्चरो लगायत धारिलो हतियार प्रयोग गरी मारेपछि विष्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीपछि शनिबार ती आरोपीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, भोजपुर ल्याएको थियो ।

गौ हत्याको आरोपमा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News