पर्वतमा १० हजार मत अन्तरले बाम गठबन्धनले चुनाव जित्छ : उम्मेदवार गिरी
काठमाडौं । बाम गठबन्धनको तर्फबाट पर्वतबाट प्रतिनिधिसभा उम्मेदवार युवा नेता पदम गिरीले काठमाडौंमा पनि अाफ्नो चुनावी अभियान सुरु गरेका छन् ।
नेकपा एमाले पर्वत जिल्ला कमिटी अध्यक्षसमेत रहेका गिरीले आइतबार काठमाडौंमा बसोबास गर्ने पर्वतबासी, बुद्धिजिवी, बाम शुभचिन्तक लगायतसँग काठमाडौं चुनाव बारे छलफल तथा अन्तर्क्रिया गरेका हुन् ।

अन्तर्क्रियामा नेता गिरीले पर्वतमा एमालेले १० हजार मतअन्तरले विपक्षीलाई पराजित गर्ने बताए। गिरीले आफ्नो उमेदवारी कुरा मात्र नभई पर्वतको विकासका लागि भएको बताए ।
यसअघि दुई क्षेत्र रहेको पर्वतमा अहिले १ वटा मात्रै क्षेत्र कायम छ । क्षेत्र नं १ बाट तीनपटक निर्वाचित भएका कांग्रेस उमेदवार अर्जुनप्रसाद जोशीले जिल्लाका लागि सिन्को भाँच्न नसकेको भन्दै गिरीले जित आफ्नो भएको दाबी गरे ।
चुनावपछि स्थानीय तह, प्रदेश र केन्द्रसम्मै बामपन्थी सरकार बन्ने र जनताकै सुझाव तथा चाहनाअनुसार काम गर्ने बताए ।
प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार
















