बार्सिलोना नयाँ खेलाडी भित्र्याउने तयारीमा


 


काठमाडौं, कार्तिक २२

स्पेनिस ला लिगा लिडर बार्सिलोना आउँदो जनवरीमा लिभरपुलका स्टार खेलाडी फिलिप कोन्टिन्होलाई क्लब भित्र्याउने प्रयासमा छ । गएको समर विन्डोमा तीनपटकसम्म प्रयास गर्दा नभएको काम जनवरी विन्डोमा गर्ने बार्सिलोनाको तयारी छ ।

कोन्टिन्हो पनि लिभरपुल छोड्न तयार देखिएका छन् । उनीलाई भित्र्याउन रियल मड्रिडले पनि चासो देखाएको खबर आएका छन् । तर बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले भने ब्राजिलियन कोन्टिन्होको सट्टा अरु नै खेलाडी अनुबन्ध गर्न प्रस्ताव गरेका छन् ।

स्पेनिस वेब साइट डायरिओ गोलका अनुसार मेस्सीले त्यसका लागि तीन खेलाडीको नाम प्रस्ताव गरेका छन् । मेस्सीले प्रस्ताव गरेका खेलाडीमा मोनाकोका विङ्गर थोमस लिमार, लियोनका नाविल फेकिर र लेस्टर सिटीका रियाद महरेज रहेका छन् ।

कोन्टिन्होको सट्टा यी खेलाडी अनुबन्ध गर्न मेस्सीले क्लबलाई सुझाव दिएको खबरमा उल्लेख छ । यी खेलाडीले आफ्नो बहुक्षमताले क्लबलाई फाइदा पु¥याउने मेस्सीको भनाई छ । -एजेन्सी

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्