भारतले न्यूजिल्याण्डसँगको २०-२० श्रृङ्खला २-१ जित्याे


 


काठमाडौं, कार्तिक २२

भारतले न्यूजिल्याण्डसँगको ट्वेण्टी–ट्वेण्टी क्रिकेट सिरिज २-१ ले अाफ्नाे पक्षमा पारेकाे छ । गए राति सम्पन्न भएकाे राेमाञ्चक खेलमा  न्यूजिल्याण्डलाई ६ रनले हराउँदै भारतले तीन खेलको श्रृङ्खला कब्जा गरेको हाे।

वर्षाको कारण ८ अाेभरमा घटाइएको खेलमा  न्यूजिल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकाे थियाे । खराब पिचका बाबजुद भारतले ५ विकेट गुमाउँदै ८ अाेभरमा ६७ रन जाेड्न सफल भयाे ।  भारतकाे इनिङमा मनिस पाण्डेले १७ रन, हार्दिक पाण्डेले १४ र  विराट काेइलीले १३ रनकाे याेगदान गरे ।

६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको न्यूजिल्याण्डले ८ ओभरमा ६ विकेट गुमाएर  ६१ रन मात्र बनाउन सक्यो ।  न्यूजिल्याण्डलार्इ कम रनमा समेट्न भारतका जस्पृत बुम्रा र युज्भेन्द्र चाहलकाे मुख्य भूमिका रह्यो । बुम्राले २ अाेभरमा मात्र ९ रन खर्चेर २ विकेट लिए भने चाहलले किफायती बलिङ गर्दै २ अाेभरमा मात्र ८ रन दिए ।

याे जितसँगै भारतले न्यूजिल्याण्डसँगको सिरिज अाफ्नाे पक्षमा पार्न सफल भयाे । तेश्रो तथा श्रीङ्खलाको अन्तिम खेलमा हिराे साबित भएका बुम्रा म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज बन्न सफल भए ।

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्