विषादी सेवनबाट एकको मृत्यु


 


गौशाला,  कात्तिक २४

महोत्तरीे सोनमा गाउँपालिकामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका– ६ का ६० वर्षीय बुधन बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । यसअघि सम्सी स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई अञ्चल अस्पताल जनकपुर लगिएको थियो ।

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्