विश्व ११ सँग नेपाल ३७ रनले पराजित


 


काठमाडौं, साउन २४

भूकम्प पीडितको सहयोगका लागि ब्याट फर नेपाल च्यारिटी खेलमा नेपाल पराजित भएको छ । विश्व ११ सँग नेपाल ३७ रनले पराजित भएको हो । विश्व ११ ले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै मात्रै ९८ रन बनायो ।

नेपालका अनिल मण्डल र राजु रिजालले समान १७, नरेश बुढाएर र सिदान्त लोहनीले समान १३ तथा शरद भेषवाकर र महबुब आलमले समान ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोडन सकेनन् । विश्व ११ का सुरेश नभारत्ननले तीन विकेट लिए ।

यस्तै अब्दुर रज्जाक र सनत जसूर्याले समान दुई दुई विकेट लिए । यसअघि मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको किन्रारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विश्व ११ ले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ३५ रन बनायो ।

विश्व ११ का लागि मार्कस स्टोइनसले ४८, वेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा अब्दुर रज्जाकले १६ रन बनाए । नेपालका अभिनाष कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामी मगर र शरद भेषवाकरले दुई दुई विकेट लिए । नेपाली टोली पारस खड्काको कप्तानीमा र विश्व ११ श्रीलंकाका चर्चित खेलाडी सनथ जयसूर्याको कप्तानीमा मैदानमा उत्रेका थिए ।

प्रकाशित मिति: २४ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्