नेपाल र अफगानिस्तान भिड्दै


 


nepalfinal41काठमाडौं, साउन २९

साफ यु–१६ फुटबल च्यािम्पयनसिपको दोस्रो खेलमा अब नेपालले अफगानिस्तानको सामना गर्दैछ । बंगलादेशको सिल्हेटमा जारी प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह विजेता बने सुरमा छ ।

नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो । दोस्रो खेलमा माल्दिभ्स अफगानिस्तानसँग ४–२ले पराजित भएपछि यो समूहबाट नेपाल र अफगानिस्ताान सेमिफाइनलमा पुगिसकेका छन् ।

यसपटक उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली युवा टोलीको वास्तविक परीक्षा आज हुनेछ । प्रतियोगिताको अर्को समूहबाट श्रीलंका बाहिरिसकेको छ भने भारत र आयोजक बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्