नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा


 


काठमाडौं, साउन २९

अफगानिस्तानलाई हराउँदै नेपाल साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेक्रममा शुक्रबार दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १–० ले पराजित गर्‍यो ।

बंगलादेशको सिलेटमा भएको खेलमा नेपालले गोल गर्ने थुप्रै अवसर खेरफाले पनि ४७औं मिनेटमा क्षितिज राजले निर्णायक गोल दिलाए ।
यसअघि, नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो ।

शुक्रबारको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । नेपालले सेमिफाइनलमा आइतबार भारतसँग खेल्ने भएको छ ।

यसैगरी, दोस्रो सेमिफाइनलमा अर्को समूहको विजेता बंगलादेश र अफगानिस्तान भिड्ने छन् । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा माल्दिभ्स र श्रीलंका समूह चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्