बार्यनको शानदार विजयी सुरुवात


 


Thomas-Mullerसाउन ३०

बुन्डेजलिगामा डिफेण्डिङ च्याम्पियन बार्यन म्युनिखले शानदार सुरुवात गरेको छ । शुक्रबार राति भएको आफ्नो पहिलो लिग खेलमा बार्यन म्युनिखले हामबर्गलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एलिनाज एरियामा भएको खेलमा बार्यन म्युनिखले २७ औं मिनेटमा बेन्टिआले गोल गरे । बाँकी चार गोल भने दोस्रो हाफमा भएको थियो ।

५३ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरे भने ६९ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बार्यनको अग्रता ३–० मा पु¥याए । चार मिनेटपछि नै मुलरले व्यक्तिगत दोस्रो गोल गरे । ८७ औं मिनेटमा गुल्गास कोष्टाले गोल गरेपछि बार्यन म्युनिख ५–० ले विजयी भयो ।

प्रकाशित मिति: ३० श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्