कुन देशको सुन कस्तो ? हेर्नुहोस्


 


सुन क्यारेटका आधारमा कति शुद्ध छ भनेर थाहा पाउने गरिन्छ । २४ क्यारेटको सुन सवैभन्दा शुद्ध मानिन्छ । सुनचाँदी व्यवसायीहरु २४ क्यारेटको सुनमा सय प्रतिशत सुन हुने दाबी गर्छन् ।

यसरी २४ क्यारेट भएको सुन हाम्रै छिमेकी देशमा नै उत्पादन हुने गर्दछ । चीनले उत्पादन गरेको सुन २४ क्यारेटको हुने गरेको छ ।

हङकङ र ताइवानमा पनि २४ क्यारेटकै सुन उत्पादन हुने गरेको छ । साथै इरान , अरेबियन देशहरु,मलेसिया र इन्डोनेसियामा पनि २४ क्यारेटकै सुन उत्पादन हुने गरेको छ ।

त्यस्तै बंगलादेश ,भारत ,पाकिस्तान, नेपाल र श्रीलंकामा  उत्पादन हुने सुन भने २२ क्यारेटको हुने गरेको छ । अरेबियन देशहरु र पर्सियन गल्फ क्षेत्रमा उत्पादन हुने गरेको सुन २१ क्यारेटको हुने गरेको छ।

पोर्चुगलमा उत्पादन भएको सुन १९ दशमलव दुई क्यारेटको हुने गरेको  छ । युरोपको मेडिटरियन प्रदेशबाट उत्पादन हुने सु्न १८ क्यारेटको हुन्छ भने  युरोपको जर्मनी र स्केन्डीभियामा उत्पादन हुने सुन  आठ देनि १८ क्यारेट सम्मको हुने गरेको छ ।

त्यस्तै ब्राजिल र इजिप्टमा उत्पादन हुने सुन १८ क्यारेटको हुने गरेको छ । रसियामा उत्पादन हुने सुन भने ९ देखि १४ क्यारेटको हुने गरेको छ ।

त्यस्तै बेलायतमा ९ देखि २२ क्यारेटको सुन उत्पादन हुन्छ भने अमेरीका र क्यानडामा पाइने सुन भने १० देखि १८ क्यारेटको हुन्छ । टर्किमा उत्पादन हुने सुन भने १४ देखि २२ क्यारेटको हुन्छ ।

प्रकाशित मिति: ३० श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्