फेरी बढ्यो सुनको मूल्य, कति छ आज ?

काठमाडौं, पुस १६
आज साताको पहिलो दिन (आईतवार) सुनको मूल्य २ सय रुपैयाँका दरले फेरी बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ५५ हजार ९ सयमा कारोवार भईरहेको छ ।
शुक्रवार सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि ५ रुपैयाँका दरले बढेको छ । चाँदी आज ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: १६ पुस २०७४, आइतबार
















