सुनको मूल्य कति छ आज ?

काठमाडौं, पुस १७
बजारमा सुनको मूल्य आज स्थिर छ । आज पनि सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
एक दिनअघि सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज स्थिर छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति: १७ पुस २०७४, सोमबार
















