बार्सिलोना पराजित, सुपर कपको उपाधि बिल्बाओलाई


 


barcelonaएजेन्सी,भदौ १

बार्सिलोनालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि एथ्लेटिको बिल्बाओले जितेको छ । सोमबार राति भएको दोस्रो लेगमा बार्सिलोनालाई १–१ को बराबरीमा रोक्दै समग्रमा ५–१ को जित सहित बिल्बाओलो उपाधि जितेको हो ।

गएको शुक्रबार भएको पहिलो लेगमा बिल्बाओले बार्सिलोनालाई ४–० ले हराएको थियो । सोमबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले खेलमा पुनरागमन गर्ने अपेक्षा गरिएको थियो ।

तर बिल्बोआले उसलाई १–१ को बराबरीमै रोक्यो र ३१ वर्षपछि सुपर कपको उपाधि उचाल्यो । घरेलु मैदान नाउ क्याम्पमा भएको दोस्रो लेगको ४३ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।

तर ७४ औं मिनेटमा बिल्बाओका एरेट्ज आडुरिजले बराबरी गोल फर्काए । आडुरिजले गोल गर्नुअघि ५५ औं मिनेटमा जेराड पिके रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दबाबमा परेको थियो ।

समग्रमा ५–१ को जित निकाल्दै उपाधि उचालेको एथ्लेटिको बिल्बाओले यसअघि सन् १९८४ मा सुपर कपको उपाधि जितेको थियो । बार्सिलोनाले भने पछिल्लो पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको थियो । बार्सिलोना सुपर कपको सबै भन्दा सफल क्लब हो । उसले अहिलेसम्म ११ पटक उपाधि जितेको छ ।

प्रकाशित मिति: १ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्