अन्तर्राष्ट्रिय धाविका मिरालाई यसरी सम्मान गरियो


 


Ultra_RunnerMeera_rai_Award_802449195सिन्धुली, भदाै २

अन्तर्राष्ट्रिय धाविका मीरा राई मंगलबार सम्मानित भएकी छिन्। विभिन्न देशमा भएका म्याराथन प्रतिस्पर्धाकी विजेता तथा गोल्डमेडल प्राप्त गर्न सफल धावक राईलाई कमलामाई डोजोका कराँते खेलाडीहरूले एक कार्यक्रमका बीच सम्मान गरेका हुन्।

गत असारमा फ्रान्समा सम्पन्न ८० किलोमिटर दूरीको मोन्ट ब्लंक म्याराथनमा प्रथम हुन सफल मीरालाई उनको योगदानको चर्चा गर्दै सम्मान गरिएको कमलामाई डोजोका अध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी गोपी बम्जनले बताए।

मीरा लामो समय सिन्धुलीमा बसेकी थिइन्। ‘अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सफलता हात पार्नु राष्ट्रकै निम्ति मत्वपूर्ण कुरा हो। खेलाडीहरूका लागि त झनै उत्प्रेरणाको स्रोत बन्ने भएकाले पनि उहाँको उच्च प्रशंसासहित सम्मान गरिएको हो’, अध्यक्ष बम्जनले भने।

मीराले फ्रान्समा भएको मोन्ट ब्लंक म्याराथनको निर्धारित दूरी १२ घन्टा ३२ मिनेट ३२ सेकेन्डमा पार गर्दै प्रथम हुन सफल भएकी थिन् । उनले सअघि पनि गत वर्ष हङकङ आइल्यान्डमा भएको ट्रेल रेस पनि जितेकी थिन्।

उनी पूर्वमाओवादी लडाकु हुन्। भोजपुरमा जन्मिएकी उनी १४ वर्षको उमेरमै माओवादी जनयुद्धमा लागेकी थिइन्। त्यसपछि माओवादी जनसेनामा लामो समय काम गरेकी मीरा शान्ति प्रक्रियासँगै भएको माओवादी र नेपाली सेना समायोजनका क्रममा अयोग्य घोषित भएपछि निकालिएकी थिइन्।

राजनीति र सुरक्षा क्षेत्रको बाटोबाटै देशको सेवा गर्ने उद्देश्य बोकेर सानो छँदै परिवार छाडेर हिँडेको भए पनि घट्ना क्रमले मोडलिँदा खेलकुद क्षेत्रमा आफ्नो प्रवेश भएको सम्मानका क्रममा उनले बताइन्।

सेना समायोजनामा अयोग्य भएपछि पार्टीको गतिविधिमा संलग्न हुँदै आएकोमा सन् २०१३ मा ५० किलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि आफू लगातार खेलकुद क्षेत्रमा लागि परेकोले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सफलता पाउन सफल भएको उनले बताइन्।

राई कराँते खेलाडीसमेत हुन्। उनले विभिन्न प्रतिस्पर्धामा सफलता प्राप्त गरेकी छिन्।

अन्नपुर्णपो्ष्टबाट

प्रकाशित मिति: २ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्