अाज सुनको मूल्य स्थिर


 


काठमाडौं, भदाै ६

आज आइतबार सुनको मूल्य स्थिर रहेको छ। आज आइतबार सुन प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार पनि सुन प्रतितोला ५१ हजार ६ सयमा नै कारोबार भएको थियो।

तोलाको ४७ हजारसम्म झरेको सुनको भाउ क्रमिक रुपमा बढ्दै गएको छ। बिहिवार प्रतितोला ५० हजार २ सय रुपैयाँमा कारोवार भएको सुन शुक्रवार १४ सय रुपैयाँले बढेर तोलाको ५१ हजार ६ सय रुपैयाँ कायम भएको थियो।

अन्तर्रािष्ट्रय बजारमा सुन महँगिदै गएकाले नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदीको मूल्य आज आइतबार प्रति तोला ७ सय १५ रुपैयाँ कायम भएको छ।

 

प्रकाशित मिति: ६ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्