यी हुन् कांग्रेसले तय गरेका राष्ट्रियसभाका उम्मेदवार (सूची सहित)



काठमाडौं, माघ ९
नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि तीनवटा प्रदेशमा उम्मेदवार तय गरेको छ । कांग्रेसले ४,६ र ७ नम्बर प्रदेशका उम्मेदवार टुंगो लगाएको हो ।

बाँकी चारवटा प्रदेशका उम्मेदवार टुंगो लगाउन अहिले कांग्रेसको बैठक बालुवाटारमा बसिरहेको छ ।

कांग्रेसले प्रदेश नं ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग) र शेरीराम पार्की (दलित) लाई उम्मेदवार बनाएको कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

त्यस्तै ६ नम्बर प्रदेशबाट विष्णुबहादुर शाही (खुल्ला) , सूर्यदेवी मल्ल (महिला) सिताराम विक (दलित) र गोपाल प्रसाद शर्मा (अपांग अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ ।

त्यस्तै प्रदेश नं ४ बाट सुरेन्द्रराज पाण्डे (खुल्ला), वृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त ( अपांग अल्पसंख्यक) उम्मेदवार बन्ने भएका छन् । यही २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भोलि उम्मेदवार मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News