बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता


 


footballयु-१९ साफ फुटबल

काठमाडौं, भदौ ७

समूह बिजेता बन्दै नेपाल १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल समूह एको बिजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपालका लागि अन्जन विष्टले १ गोल गरे । नेपालले अन्तिम समयमा आत्मघाती गोलको उपहार पाएर विजेता बनेको हो । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको थियो । नेपालले फाइनल प्रवेशका लागि समूह बीको उपबिजेतासँग खेल्नेछ ।

भारत, माल्दिभ्स र अफगानिस्तान रहेको समूह बीको विजेता र उपविजेता टुंगो लाग्न बाँकी छ । मंगलबार भारत र माल्दिभ्सबिचको खेलपछि यो समूहबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ ।

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्