सरकार गठन र पार्टी एकताबारे प्रदीप ज्ञवालीको सनसनीपूर्ण खुलासा, हेर्नुहोस्



भक्तपुर, माघ १२

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उहाँले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले अबको १० वर्षमा युवालाई रोजगारीका लागि खाडी मुलुक जानुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो ।

एमालेका केन्द्रीय सदस्य सोम मिश्र, प्रदेशसभामा नवनिर्वाचित सदस्य शशीजंग थापा, अनेरास्ववियु भक्तपुर इन्चार्ज राजन केसी, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष शैलेश लामालगायतले देशको परिवर्तनमा विद्यार्थीले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

शनिबारसम्म चल्ने ८४ प्रतिनिधिको उपस्थिति रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News