Deshko News
९ आश्विन २०८०, मंगलबार

एमाले र माओबादी केन्द्रबीच भागबण्डा मिल्यो, मुख्यमन्त्री र सभामुख कसको भागमा कति ?




काठमाडौं, माघ १४
एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री, सभामुख र उपसभामुखबारे भागबण्डा मिलेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको लामो छलफल पछि ६ वटा प्रदेशको भागबण्डा टुंग्याएको हो ।

छलफलबाट चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीको भागमा दुई मुख्यमन्त्री र दुई सभामुख परेको छ । उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ ।

जसमा प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमाले र प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले लिने सहमति भएको छ ।
यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News