राप्रपा प्रजातान्त्रिकले सम्मेलन बोलायो, गर्दैछ यस्तो निर्णय




काठमाडौँ, माघ १७
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकंं)को उच्चस्तरीय कार्य सम्पादन समितिले यही माघ १९ गते प्रदेश नं ३ को सम्मेलन काडमाडौंमा गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराको अध्यक्षतामा केन्द्रीय कार्यालय चाबहिलमा आज बसेको बैठकले उक्त प्रदेशको विकास निर्माणमा अब पार्टीले निर्वाह गर्ने भूमिकाकाबारे सम्मेलनमा छलफल तथा पार्टीका प्रदेश तहका नेतालाई विभिन्न जिम्मेवारी प्रदान गर्ने भएको छ ।

नयाँ संरचनाअनुसार पार्टी संगठन निर्माण र विस्तार गर्नका लागि सोहीअनुसारको जनवर्गीय संगठन निर्माण गर्ने तथा प्रदेशगत आधारमा वार्षिक योजना निर्माणका लागि छलफल गरिएको छ ।

सचिावालय प्रमुख राजाराम श्रेष्ठका अनुसार सम्बन्धित प्रदेशले पार्टीका गतिविधि फैलाउन विभिन्न तहमा पार्टी प्रशिक्षण कार्यक्रम गरी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिनेछ । पार्टी नेताले १५ साधारण सदस्य बनाउने नेतालाई मात्र सक्रिय सदस्यता प्रदान गर्ने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News