प्रदेश नम्बर १ मा प्रमुख सचिवद्वारा पदबहाली



विराटनगर, माघ २०
प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज पदबहाली गर्नुभएको छ ।

आफ्नो पदबहाली गरेपछि आजै उहाँले प्रदेशसभा भवन तथा मुख्यमन्त्री, प्रमुख सचिव र विभिन्न मन्त्रालय रहने कार्यालयको अनुगमन र निरीक्षण गर्नुभयो ।

सो अवसरमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै माघ २२ गते हुने प्रदेशसभा अधिवेशनका लागि सभा भवनको काम तीव्र रूपमा भइरहेको र मन्त्रालयको भवन तोक्ने काम शनिवारसम्म निर्णय हुने जानकारी दिनुभयो ।

विराटनगर अस्थायी मुकाम कायम भएपछि आजसम्म प्रमुख सचिव र चार प्रदेश सचिव विराटनगर आइपुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News