अफगानिस्तानलाई हराउँदै नेपाल फाइनलमा


 


Anjan-bistaकाठमाडौं, भदाै १०

यू-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई ३-२ ले हराउँदै फाइनलको यात्रा तय गरेको हाे ।

नेपालले खेल शुरु भएको ३४ औं मिनेटमा अग्रता लिएको थियो । सुनिल बलको कर्नरमा अन्जन विष्टले हेड गोल गरे ।  दुई मिनेट लगतै अन्जनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुमा नै नेपालले गोल खायो । बल क्लियर गर्ने क्रममा अनन्त तामाङले आत्मघाती गोल गरे । तर, सुनिल बलले उत्कृष्ट फि्र किक गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाएका छन् । ७२ औं मिनेटमा नेपालले गोल खाएको थियो । अब नेपाल फाइनलमा भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्ने छ।

 

प्रकाशित मिति: १० भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्